Message from Chairman
मण्डली माध्यमिक विद्यालय
अध्यक्षको सन्देश
प्रिय अभिभावकज्यू, विद्यार्थी साथीहरू, शिक्षकगण तथा शुभेच्छुक महानुभावहरू,
नमस्कार।
शिक्षा मानव जीवनको मेरुदण्ड हो। आधुनिक युगमा शिक्षाले मात्र व्यक्ति, समाज र राष्ट्रलाई समुन्नत मार्गतर्फ लैजान सक्छ। यही उद्देश्यलाई आत्मसात गर्दै मण्डली विद्यालयले गुणस्तरीय, नैतिक र व्यवहारिक शिक्षाको माध्यमबाट विद्यार्थीहरूलाई समुचित मार्गदर्शन गर्दै आएको छ।
विद्यालयको प्रगतिको आधार शिक्षक, विद्यार्थी, अभिभावक र व्यवस्थापन समितिको समन्वयमा टेकेर अघि बढ्ने हाम्रो विश्वास हो। हामी प्रत्येक विद्यार्थीको क्षमता उजागर गर्न र उनीहरूलाई एक जिम्मेवार नागरिक बनाउन दृढ संकल्पित छौँ।
विद्यालयको शैक्षिक, भौतिक र साङ्गठानिक विकासमा निरन्तर सहयोग पुर्याउनु भएका सम्पूर्ण अभिभावक, शिक्षक तथा समाजका अग्रजहरूप्रति म आभार व्यक्त गर्दछु।
हामी अझ उत्कृष्टता हासिल गर्ने लक्ष्यसहित अघि बढ्दैछौं। तपाईंहरूको साथ र सहयोगले हामीलाई अझ ऊर्जा प्रदान गर्नेछ भन्ने विश्वास लिएको छु।
धन्यवाद।
शुभकामनासहित,
अध्यक्ष
मण्डली विद्यालय