भर्ना अभियान शुरु
शैक्षिक सत्र २०८३ को भर्ना अभियानसम्बन्धी सूचना
आदरणीय अभिभावक ज्यूहरू,
नमस्कार !
यस विद्यालयमा शैक्षिक सत्र २०८३ का लागि नयाँ भर्ना प्रक्रिया औपचारिक रूपमा सुरु भइसकेको व्यहोरा अवगत गराउँदछौँ।
बालबालिकाको भविष्य निर्माणको पहिलो खुड्किलो गुणस्तरीय शिक्षा हो। आफ्ना बाबुनानीहरूलाई समयमै विद्यालयमा भर्ना गराई नियमित पठनपाठनमा सहभागी गराउनुहुन सम्पूर्ण अभिभावक ज्यूहरूमा विद्यालय परिवार हार्दिक अपिल गर्दछौँ।
भर्नासम्बन्धी केही महत्त्वपूर्ण जानकारी:
भर्ना समय: बिहान १०:०० बजे देखि दिउँसो ४:०० बजेसम्म।
आवश्यक कागजातहरू: जन्मदर्ताको प्रतिलिपि।
विशेषताहरू: अनुभवी शिक्षक, पर्याप्त खेलमैदान, कम्प्युटर शिक्षा ।
शिक्षामा बालबालिकाको पहुँच सुनिश्चित गर्दै उनीहरूको सुनौलो भविष्यका लागि सहकार्य गर्न हामी तत्पर छौँ। थप जानकारीका लागि विद्यालय प्रशासनमा सम्पर्क गर्रानुहोस् ।
विद्यालय प्रशासन मिति: २०८३/०१/०७
२०८२ सालको वार्षिक परीक्षाको नतिजा प्रकाशन
वार्षिक परीक्षाको नतिजा प्रकाशन सम्बन्धमा ।
यस विद्यालयमा अध्ययनरत सम्पूर्ण विद्यार्थी भाइबहिनीहरू तथा अभिभावकज्यूहरूमा यसै सूचनामार्फत जानकारी गराइन्छ कि शैक्षिक सत्र २०८२ को वार्षिक परीक्षाको नतिजा देहाय बमोजिमको मिति र प्रक्रियाअनुसार प्रकाशन गरिने निर्णय भएको छ:
कक्षा १ देखि ७ र कक्षा ९ को नतिजा: यस विद्यालयद्वारा सञ्चालित कक्षा १ देखि ७ र कक्षा ९ को वार्षिक परीक्षाको नतिजा आगामी २०८२ चैत्र २७ गते प्रकाशन गरिनेछ । नतिजा विद्यालयको सूचना पाटीका साथै वेबसाइटमा पनि हेर्न सकिनेछ ।
कक्षा ८ (आधारभूत तह) को नतिजा: कक्षा ८ को वार्षिक परीक्षा गाउँपालिका स्तरीय हुने भएकोले, उक्त कक्षाको नतिजा गाउँपालिकाको निर्णय र कार्यतालिका बमोजिम सोही कार्यालयबाटै सोही दिन प्रकाशन गरिने व्यहोरा अनुरोध छ । गाउँपालिकाबाट नतिजा प्राप्त हुनासाथ विद्यालयले पुनः सूचना जारी गर्नेछ ।
नतिजा सम्बन्धी थप जानकारी:
मिति: २०८२ चैत्र २७ गते (कक्षा १–७ र ९ को लागि)
स्थान: विद्यालय परिसर / आधिकारिक वेबसाइट
नतिजा प्रकाशन पश्चात् नयाँ शैक्षिक सत्रको भर्ना तथा कक्षा सञ्चालन सम्बन्धी जानकारी सोही दिन उपलब्ध गराइनेछ ।
धन्यवाद ।